फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ, | बाल गजल | नन्दलाल आचार्य | Lekhak
फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ, ज्ञानको दीप बाल्छन् सानाहरू यहाँ ।
फूल झैँ मुस्कुराउँछन् पानाहरू यहाँ,
ज्ञानको दीप बाल्छन् सानाहरू यहाँ ।
मिठा मिठा कथा छन्, राम्रा छन् चित्र,
लुकेका हुन्छन् कति खजानाहरू यहाँ ।
कागजी चरी बनी आकाश छुवाउँछन्,
सिकाउँछन् उड्ने नयाँ बाहानाहरू यहाँ ।
अँध्यारोलाई भगाउने सूर्य हुन् यी किताब,
मेटिन्छन् मनका सबै तिर्सानाहरू यहाँ।
पुस्तक नै साथी हुन्, पुस्तक नै गुरु हुन्,
भेटिन्छन् सुखी बन्ने ठेगानाहरू यहाँ ।
What's Your Reaction?
Like
2
