खै, कहाँ पुग्यो जिन्दगी? – बालापन, साथीभाइ र साना सपना

स्मृतिमा हराएको बालपन र साथीभाइको मिठासलाई सम्झँदै। खोसिएको समय, साना सपना र पुराना पानाहरूको यात्रा। आफ्नो बालापन सम्झनुहोस्।

Feb 2, 2026 - 05:03
Feb 4, 2026 - 02:40
 0  17
खै, कहाँ पुग्यो जिन्दगी? – बालापन, साथीभाइ र साना सपना
ca-app-pub-4018952283015486/8681044877

खै, कहाँ पुग्यो जिन्दगी,
त्यो बालापन, त्यो साथीभाइ,
ती साना सपना हरू,
अब कहाँ भेटिन्छन् फेरि?

त्यो घर गाऊँ गल्ली
जहाँ हामी हाँस्थ्यौं, रुन्थ्यौं, खेल्थ्यौं,
आफ्नै संसार थियो, न चिन्ता, न भार,
त्यो बालापन।

आज त केवल सम्झनाको खाता छ,
जहाँ ती पुराना पाना मात्र बाँकी छन्।
साथीहरू कहाँ हराए कुन्नि,
ती साना सपनाहरु ।

जिन्दगी अब गम्भीर छ,
हावा झैं उड्ने समय हरायो।
तर कहिलेकाहीँ,
त्यो बालापनको मिठास सपनीमा आइरहन्छ।

खै, कहाँ पुग्यो जिन्दगी?
त्यो बालापन, त्यो साथीभाइ,
ती साना सपना हरू,
अब कहाँ भेटिन्छन् फेरि ।।

ca-app-pub-4018952283015486/8681044877

What's Your Reaction?

Like Like 2
ca-app-pub-4018952283015486/8681044877