प्रसाद
प्रसाद - नेपाली लघुकथा | iLekhak - शिवरात्रिमा धार्मिक आस्था र नशाको बीचको द्वन्द्व। Eka Dev Adhikari को मार्मिक लघुकथा। अहिले पढ्नुहोस्!
शहरको कुनामा रहेको त्यो शिव मन्दिर आज शिवधुनीको राप र शिवबूटीको तापमा मदहोश हुँदै झुमिरहेको थियो ।
शिवधुनीबाट निस्केको बाक्लो धुवाँको मुस्लोभित्र सुयसले गाँजाको लामो सर्को तान्यो र आफूलाई शिवको परम भक्त सम्झिएर बाहिर वर्षौँदेखि पर्खिरहेको वाहनलाई उछिनेर शिव-मूर्तिको अगाडि लम्पसार पऱ्यो । उसको वरिपरि साथीहरू "बम बम भोले" भन्दै चिच्याइरहेका थिए, मानौँ नशा र होहल्ला गर्नु नै शिवको असली आराधना थियो । सुयसले आनन्दको चरमोत्कर्षमा पुग्न आँखा चिम्लियो, तर उसले ईश्वरको दर्शन होइन, बरु आफ्नो बिग्रिएको स्वास्थ्य र छोराको कुलतले गर्दा रुँदै गरेकी आमाको धमिलो अनुहार मात्र देख्यो ।
त्यत्तिकैमा छेउमा बसेका एक वृद्ध साधुले सुयसको थरथर काँपिरहेको हात समाउँदै शान्त स्वरमा भने, “बाबु, शिवले त संसार बचाउन हलाहल विष पिउनुभएको थियो, तर तिमी ?”
२०८२ फागुन २
What's Your Reaction?
Like
3
