सही ठाउँमा मत हालौं, सुन्दर नेपालको निर्माण गरौं | Lekhak | दुर्योधन बस्नेत
बिघटित प्रतिनिधिसभाको निर्वाचन नेपालीहरुको संघारमै आइपुगेको छ। भोटिङ अधिकार तपाईं हाम्रो जन्मसिद्ध अधिकार हो । यो अधिकारको प्रयोग गर्ने दिन नजिकिँदै गर्दा हामिले आफ्नो अमूल्य मत कसलाई दिने र कुन राजनैतिक दललाई दिने भन्ने सोचको टुङ्गो यतिबेला लगाइसक्नु पर्ने हुन्छ।
बिघटित प्रतिनिधिसभाको निर्वाचन नेपालीहरुको संघारमै आइपुगेको छ। भोटिङ अधिकार तपाईं हाम्रो जन्मसिद्ध अधिकार हो । यो अधिकारको प्रयोग गर्ने दिन नजिकिँदै गर्दा हामिले आफ्नो अमूल्य मत कसलाई दिने र कुन राजनैतिक दललाई दिने भन्ने सोचको टुङ्गो यतिबेला लगाइसक्नु पर्ने हुन्छ। यो सोचको टुङ्गो लगाउंदै गर्दा कसैको बहकाउमा वा लहडमा नभै बिबेक प्रयोग गरी बिगतमा भए गरेका कामको मुल्यांकन गर्दै सही व्यक्ति र सही पार्टी चयन गर्नु जरुरी हुन्छ। यसका लागि 'हाम्रो होइन राम्रो' को खोजी गरौं जसले गर्दा हाम्रो अमुल्य मत खेर नजाओस्, मतको दुरुपयोग नहोस्।
इतिहास साक्षी छ, छर्लङ्ग छ, बिगतमा कसले कति काम गर्यो, कसले बदमासी गर्यो, कसले सही गर्यो । बिगतलाई नियाल्दा दुधले नुहाएका कोहि पनि छैनन। त्यसर्थ गणितीय हिसाबमा तुलनात्मक रूपमा कसले देश र जनताका लागि बढी काम गरेको छ त्यसलाई मुल्यांकनको आधार बनाएर मत हाल्नु जरुरी छ। निर्वाचनको समयमा जनता निर्णायक भूमिकामा रहेका हुन्छन्। यदि बहकाउमा लागेर, स्याल हुइयाँमा लागेर, बजारिया हल्लामा लागेर गलत निर्णय गरियो भने, लहैलहैमा लागेर गलत ठाउँमा मत हालियो भने त्यसले देशलाई त दुर्घटनामा पार्छ नै भने आफ्नै लागि समेत प्रत्युत्पादक बन्न जान्छ। त्यसर्थ बेलैमा सचेत बनौ । सही ठाउँमा, सही व्यक्तिलाई अमुल्य मत दिइ सुन्दर समाज, सुन्दर नेपाल निर्माणमा सहयोग पुर्याउने काम गरौं । जसले हामी सबैको कल्याण हुने छ ।
What's Your Reaction?
Like
2
