गीतसंगीत निर्माणलाई नजिकबाट नियाल्दा

त्यसर्थ ऐले मात्र होइन प्राचीन कालदेखि गीत संगीतको महत्त्व रहेको पाईन्छ । हो, यहि गीत संगीतको निर्माण गर्नु कति कठिन छ भन्ने कुरालाई यो लेख मार्फत प्रस्ट्याउने जमर्को गरिएको छ ।

Jan 29, 2026 - 07:45
Feb 11, 2026 - 08:20
 0  6
गीतसंगीत निर्माणलाई नजिकबाट नियाल्दा
ca-app-pub-4018952283015486/8681044877

गीत, संगीतको मर्म नबुझेर हो वा बुझेर पनि बुझ पचाएर केही मानिसहरु गीत, संगीत र यसका अभियन्ताहरुप्रति अबमुल्यन गर्ने र नकारात्मक सोच राख्ने गर्दछन । उनिहरु भन्ने गर्छन - `काम छैन यी गिताङ्गेहरु, गीत बनाएका छन, गीत गाएका छन, पैसा लुटेका छन ।´ के यथार्थ यहि हो त ? हुन सक्छ कसैले गीत, संगीतका नाममा समाजलाई गलत सन्देश दियो होला । त्यसैलाई नजिर बनाएर सबैलाई एउटै भांडोमा राखेर अबमुल्यांकन गर्नु सरासर गलत हो । अन्याय हो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर छुट्याएर बिबेक प्रयोग गर्नु जरुरी हुन्छ । गीत, संगीतको मर्मलाई गहिरिएर बुझ्न सक्यौं भने संसारमा समाज परिवर्तनको अग्र दस्ताको रुपमा गीत संगीतका अभियन्ताहरुलाई लिने गरिन्छ । त्यसर्थ ऐले मात्र होइन प्राचीन कालदेखि गीत संगीतको महत्त्व रहेको पाईन्छ । हो, यहि गीत संगीतको निर्माण गर्नु कति कठिन छ भन्ने कुरालाई यो लेख मार्फत प्रस्ट्याउने जमर्को गरिएको छ ।

ca-app-pub-4018952283015486/8681044877

भनिन्छ नि `प्रशब बेदना´ केबल आमालाई मात्र थाहा हुन्छ ।
बिषयबस्तुको छनौटपश्चात सोही बिषयमा केन्द्रीत रहेर बिषयको गाम्भिर्यतालाई आत्मसात गरि गीतकारद्वारा शब्द निर्माण गर्ने काम हुन्छ । शब्द निर्माण गर्ने क्रममा गीतलाई उत्कृष्टता, स्तरीयता, सुन्दर , कालजयी, सदाबहार, सन्देशमुलक , मनोरञ्जनात्मक र मन छुने बनाउनका लागि शब्दचयनमा गीतकारलाई निक्कै घोत्लिनुपर्ने, सोचबिचार गर्नुपर्ने हुन्छ । त्यसपछि संगीतकारद्वारा गीतको भाव, मर्म र गाम्भिर्यताअनुसार संगीत भर्ने वा लय दिने काम हुन्छ । यसलाई अंग्रेजीमा मेलोडी भनिन्छ । लय हालिसकेपछि संगीत संयोजन ( एरेन्जमेन्ट) को काम हुन्छ जसमा लय र गीतअनुसारको बाजाका धुनहरु समिश्रण गरिन्छ । धुन कस्तो राख्ने, कति लामो राख्ने, बाजागाजा के के बजाउने, कति कति बजाउने, कुन स्केलमा बजाउने, कुन तालमा बजाउने भन्ने कुराहरुलाई मिलाउने काम कीबोर्ड र कम्प्युटरको सहायतामा गरिन्छ ।
संगीत संयोजन गर्ने काम त्यति सहज छैन यदि गीतलाई स्तरियता दिने हो भने । यो कुरा गीतकार, संगीतकार र संगीत संयोजकमा भर पर्दछ । स्तरीय गीत, संगीत बनाउने मनशाय भएका संगीतकारलाई बारम्बारको प्रयासपश्चात छिटोमा लगभग एक हप्ता लाग्नेछ राम्रो संगीत संयोजन गर्नका लागि । काम चलाउ बनाउने हो भने दुई घण्टादेखि १ दिनमा पनि सकिन सक्छ ।


संगीत संयोजनपश्चात धुन अनुसारको बाजाहरु बजाएर माईकको सहायताले स्टुडियोमा बाजाको धुन रेकर्ड गरिन्छ । त्यसपछि लय अनुसारको गायक गायिकाद्वारा स्वर दिने वा गीत गाउने काम गरिन्छ । गायक गायिकाले गीतका शब्दहरुको भाव र मर्मअनुसार फिलिङ्ससहित  गीत गाउनुपर्दछ ।
स्वर दिने काम पनि त्यति सहज छैन । गीतमा प्रयोग भएका शब्दहरुको  भाव र मर्मलाई आत्मसाथ गरि फिलिङ्स दिनका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ । एकपटक होइन दुई पटक होइन, पटक पटक दोहोर्याईरहनुपर्ने हुन्छ जवसम्म उत्कृष्ट हुंदैन । कहिले अन्तरा मिल्दैन । कहिले स्थायी मिल्दैन । कहिले फिलिङ्स आउंदैन ।

कहिले स्केल हाई हुन्छ । कहिले स्केल लो हुन्छ । कहिले सुर र तालमा समस्या आउंछ त कहिले शब्द उच्चारणमा समस्या आउंछ जसले गर्दा एउटा गीत गाउन घण्टौ लाग्ने हुन सक्छ । गीत संगीतको अभियानमा लागेको बर्षौं भैसक्दा समेत, निरन्तरको साधनामा लाग्दालाग्दै पनि, तपस्या गर्दागर्दै पनि यति कठिन हुन्छ । यो ब्यथा, पीडा गीत संगीतका अभियन्ताहरुलाई मात्र थाहा हुन्छ । अरुलाई थाहा हुने कुरा पनि भएन । तर थाहा पाउनु भने जरुरी छ । भनिन्छ नि समुन्द्रको गहिराई थाहा पाउन समुन्द्रको पिंधमै पुग्नुपर्छ । सतहिको अनुमान गलत हुन्छ । गीतलाई सुन्दर र उत्कृष्ट बनाउनका लागि कोरसहरुद्वारा संगीतकारको निर्देशनअनुसार गीतको प्रकृतिलाई हेरेर आबश्यकताअनुसार गीतका केही अंशहरु दोहोर्याउनुपर्ने पनि हुन सक्छ । त्यसपछि धुन अनुसारको रेकर्ड गरिएको बाजा र सोहिअनुसारको गायक, गायिकाको स्वरलाई समायोजन गरिन्छ जसलाई मिक्सिङ भनिन्छ । मिक्सिङ पश्चात् बल्ल गितको अडियो रेकर्डले पुर्णता प्राप्त गर्छ ।

ca-app-pub-4018952283015486/8681044877


अडियोको काम सकिएपश्चात अडियो अनुसारको भिडियो निर्माण गर्ने काम गरिन्छ । यसका लागि निर्देशकद्वारा गीतको शब्द अनुसारको कथा तयार गरिन्छ । त्यसपछि कथाबस्तुअनुसार गीतको प्रकृति, भाव र मर्मलाई आत्मसात गरेर अभिनय गर्न सक्ने मोडल कलाकारहरुको चयन गरिन्छ र छायांकनका लागि उपयुक्त स्थानमा गएर छायांकनको काम गरिन्छ । छायांकनमा नेपालको प्राकृतिक सुन्दरतालाई पनि पृष्ठभूमिमा देखाईने गरिन्छ । गीतले मागेअनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक धरोहरलाई समेत छायांकनमा देखाएर गीत संगीतका अभियन्ताहरुले देशको संस्कृति संरक्षणमा समेत एउटा ईंट्टा थप्ने काम गरेका छन । त्यतिमात्र होइन नेपाली परिबेश, जिवनशैली, जिवनपद्धती र समाजको समेत छायांकनमा चित्रण गरिएको हुन्छ ।


छायांकनको क्रममा अडियो गरिएको गीतलाई स्पिकरद्वारा बजाईन्छ र गीतको बोल अनुसार निर्देशकको निर्देशनबमोजिम गायक गायिका र मोडलहरुद्वारा अभिनय गर्ने काम हुन्छ । गीतको प्रकृतिअनुसार लिप्सिङको काम हुन्छ । गीत अनुसार नृत्य गरिन्छ ।
यी सबै क्रियाकलापहरु क्यामेरामेन( छांयाकार) द्वारा क्यामेरामा कैद गरिन्छ । छायांकनको काम सुरुहुनुभन्दा अगाडि मोडल लगायत सबै कलाकारहरुको अनुहारमा चमक ल्याउनका लागि मेकअपमेनद्वारा मेकअप गरिन्छ । चर्को घाम, हावा, धुलो, मैलोले मेकअप बिगार्ने हुंदा छायांकनको बिचबिचमा सबै कलाकारहरुको मेकअप गरिन्छ ।
छायांकनमा मुबाइल अभिनय नृत्यका लागि आबश्यकताअनुसारको ट्रली र क्रेनको प्रयोग गरिन्छ । अचेल ड्रोनको पनि प्रयोग गर्न थालिएको छ । त्यसैगरी लाईटमेनद्वारा रिफ्लेक्टरक‍ो सहायताले नृत्य र अभिनयलाई चमक दिने काम गरिन्छ । यसरी छायांकनको काम पूरा गरिन्छ । अन्य कामजस्तै यो काम पनि सहज छैन । अझै यो त आउटडोर काम भएकाले अरु कामको तुलनामा झनै कठिन हुन्छ । टण्टलापुर घाम, धुलो, मैलो बाताबरणमा बारम्बारको क्यामरा, एक्सन, कट भन्दाभन्दै एकातिर निर्देशक थकित भएका हुन्छन् भने अर्कोतिर अभिनयकर्ता मोडल, कलाकारहरु लगायत संलग्न सबै प्राबिधिकहरु दिनभरिको छायांकनको कामले थकित हुन पुग्छन । कहिलेकाहीँ त दिनमा नभ्याएर राती अबेरसम्म पनि  काम गर्नुपर्ने हुन्छ । यहांसम्मकी छायाकनमा भोक, तिर्खा, जाडो, गर्मिको समेत प्रवाह हुंदैन । त्यतिमात्र होईन कुनै गीतको छायांकन त दुई , तिनवटा स्पोर्टमा समेत गर्नुपर्ने हुन्छ ।


दिनभरि लगाएर ठूलो मेहनतका साथ तयार गरिएको भिडियोलाई स्टुडियोमा ल्याईन्छ र कम्प्युटरद्वारा आबश्यक भिडियोलाई मात्र राखेर अरुलाई छांटकांट गरिन्छ । यसलाई ईडिट गर्ने भनिन्छ । यो काम पनि त्यति सहज छैन । धेरै मेहनत गर्नुपर्ने हुन्छ । आबश्यकताअनुसार कलर करेक्सन गरिन्छ र भिडियोलाई कलरफुल बनाएर सुन्दरता प्रदान गरिन्छ । यो काम ईडिटर र सह ईडिटरमार्फत हुन्छ । यसरी गितले भिडियोसहित परिपक्व रुप धारण गरेपश्चात संदेश प्रबाहका लागि सामाजिक संजालमार्फत प्रचार प्रसार गरिन्छ । ( मेरो आफ्नै गीत `प्रदेशिको बाकस´ निर्माण गर्दाको अनुभबबाट यो लेख तयार गरिएकोले यथार्थ चित्रण गरिएको छ । )

What's Your Reaction?

Like Like 0
ca-app-pub-4018952283015486/8681044877