कृषिमा आधारित गाउंले परम्पराहरु
तराई, पहाड र हिमाल भिन्न भू -वनोटका कारण यी तिनवटै भेगमा पाईने अलग अलग हावापानी, बनस्पति, जिबजन्तु, मानिसहरुका भिन्न भिन्न धर्म संस्कृति,संस्कार, लवाईखवाई, रहनसहन, प्रचलन आदि मानिसको जनजिवनसंग प्रत्यक्ष प्रभाब पार्ने तत्वहरुले हाम्रो देशको विशेष पहिचान बनाएको छ ।
बिबिध जातजातीर र भाषाभाषी भएको हाम्रो देश बिबिध संस्कार, संस्कृति र परम्पराहरुले सु-सज्जित रहेको छ । तराई, पहाड र हिमाल भिन्न भू -वनोटका कारण यी तिनवटै भेगमा पाईने अलग अलग हावापानी, बनस्पति, जिबजन्तु, मानिसहरुका भिन्न भिन्न धर्म संस्कृति,संस्कार, लवाईखवाई, रहनसहन, प्रचलन आदि मानिसको जनजिवनसंग प्रत्यक्ष प्रभाब पार्ने तत्वहरुले हाम्रो देशको विशेष पहिचान बनाएको छ । त्यसैगरी ८८४८ मिटर अग्लो बिश्वकै सर्बोच्च शिखर सगरमाथा, बिश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ जुम्ला, बिश्वमा अन्त कतै नपाईने चरा कांडे भ्याकुर, बिश्वमा अन्त कतै नपाईने जीव रेड पाण्डा, शान्तिका प्रतीक गौतमबुद्धको पवित्र जन्मस्थल लुम्विनी आदि प्राकृतिक, ऐतिहासिक धार्मिक धरोहरहरुले हामिलाई बिश्वकै प्रथम बन्नका लागि महत्पुर्ण भूमिका निर्बाह गरेका छन । तेत्तिसकोटी देबताले रक्षित यो दशलाई प्रकृतिले त्यतिकै सुन्दर बनाएको छ ।
बिबिध भू -बनोट, हावापानी, जातजाती, भाषाभाषी, धर्म संस्कृति, रहनसहन भएको हाम्रो देशका जति पनि संस्कार, संस्कृतिहरु छन् ती सबै कृषि पेशासंग जोडिएका छन । कृषि प्रधान देशको रुपमा रहेको हाम्रो देशको प्रमुख आयश्रोतको माध्यम बनेको कृषि पेशा यतिवेला लगभग धाराशायी भैसकेको अबस्था छ । युवाहरुको विदेश पलायन, परम्परागत कृषि प्रणाली, आयश्रोतको गतिलो माध्यम बन्नुपर्नेमा जिविकोपार्जनको माध्यम समेत बन्न नसक्नु र राज्यले कृषिपेशामा सम्लग्न हुने कृषकहरुलाई उत्साहित बनाउने खालका योजनाहरु नल्याउनु, बिकट भू-बनोट आदिका कारण कृषि प्रधान देश भएर पनि, राज्यको आयको प्रमुख श्रोत भएर पनि कृषि पेशाप्रति मानिसहरु आकर्षित हुन सकिरहेको अबस्था छैन । दिनप्रतिदिन कृषि पेशाप्रति मानिसहरुको बितृष्णा बढ्दै गैरहेको छ ।
पहिला पहिला अर्म पर्मको प्रचलन थियो । पालैपालो छिमेकि सबैको खेतिपाती गरिन्थ्यो तर यतिबेला अर्म पर्मको त कुरै छाडौं मान्छे बिहिन शून्य छ गाउँ । गाउंमा जन्ति र मलामीको अभाव खड्किरहेको छ । ६० बर्षभन्दा माथिका बृद्ध बृद्धाहरु मात्र छन गाउंमा जसले काम गर्न सक्दैनन् । यसरी जनशक्तिको अभाबमा खेतियोग्य जमिनहरु बर्षौंदेखि बांझो पल्टिरहेका छन । रुखो र बन्जर बनिरहेका छन । जेनतेन खेती चलाईरहेका केही मानिसहरु समेत खेती गरेर कुनै फाईदा नहुने भएपछि खेती किसानी छाड्ने तरखरमा छन । खेती गरेर उब्जाउनु भन्दा बजारबाट किनेर ल्याउंदा सस्तो पर्ने भएपछि खेती गरुन पनि कसरी ? बिडम्बना नै भन्नुपर्छ यतिबेला स्वस्थबर्धक, अर्गानिक, प्राकृतिक कोदो, मकै, गहुं,फापर, जौ को रोटी, ढिंडो, आंटो,भुटेको मकै, भटमासको स्थान बिषादीयुक्त, अखाध्य मिसाईएको अस्वस्थकर मम, चाउचाउ, समसा,बिस्कुट, पानीपुरी, चटपटे आदि जङ्कफुट, फास्टफुडले ओगट्न थालको छ । स्वास्थ्यमा असर पुर्याउने तारेको, भुटेको, झानेको , पिजा, बर्गर,कुरकुरे, चिजवल्सप्रति मानिस आकर्षित हुन थाले जसका कारण सानै उमेरदेखि गम्भीर खालका सुगर, प्रेशर, ग्यास्टिक,
अल्सर, मृगौला फेल, क्यानसरजस्ता असाध्य रोगका सिकार हुनुपरिरहेको छ । कलिलै उमेरमा हर्ट अट्याक, ब्रेन हेम्रेज, क्यान्सरका कारण मृत्युबरण गर्नुपरिरहेको छ ।
खान नजानेका कारण प्रकृतिले दिएको औषिजन्य खानेकुरालाई हामीले जिब्रोको स्वादका खातिर मीठो, मसिनो बनाउने नाममा बिष बनायौं । स्वस्थ रहनका लागि ८० प्रतिशत क्षारिय र २० प्रतिशत मात्र अम्लिय खाना खानु पर्नेमा ठिक विपरित ८० प्रतिशत अम्लिय र २० प्रतिशत क्षारिय खाना खान थाल्यौं । खानालाई औषधी बनाउनु पर्नेमा औषधिलाई खाना बनायौं । प्रकृतिले हामीलाई अमृत दिएको थियो बीस बनाएर सेवन गर्न थाल्यौं अर्थात हामी प्रकृतिको उल्टो दिशातिर हिंड्न थाल्यौं र जिवनलाई कष्टपुर्ण बनायौं ।
हो यही अबस्थाबाट आफ्नो परिवार, समाज र दुनियालाई मुक्ति दिलाउनका लागि लुम्बिनी प्रदेश, गुल्मी जिल्ला, सत्यबती गाउंपालिका वडा नम्बर १ अस्लेवा ठांटी देउराली निवासी ४३ बर्षिय रोमनाथ पाण्डेले कुनै पनि बिषादीको प्रयोग नगरिकन नितान्तै प्राकृतिक, अर्गानिक किसिमले गोलभेडाको उत्पादन गरिरहनु भएको छ । ठूलो परिमाणमा गोलभेडाको उत्पादन गर्नुहुने पाण्डेले आफुलाई गोलभेडा उत्पादककोे रुपमा परिचित गराउनुभएको छ ।
गोलभेडाको उत्पादन बृद्धिका लागि उहांले स्थानिय उपलब्ध जडिबुटीहरु बकेना, तितेपाती, असुरो, बनमारा, खिर्रो, निम, आरुको मुन्टा आदिको मिश्रणलाई गाई वा भैंसीको गहुंतमा मिसाएर एक महिनासम्म ड्रममा कुहाएर झोलमोल तयार गर्नुहुन्छ । १ भाग झोलमोलमा कलिला बिरुवाका लागि १० भाग पानी र परिपक्व वा बयस्क गोलभेडाको बोटका लागि १ भाग झोलमोलमा ५ भाग पानी मिसाएर स्प्रे गरि गोलभेडाको बोटलाई न्युट्रेशन दिनुहुन्छ । त्यसैगरी उहांले पिरो खुर्सानी, लसुन,प्याज, केतुकेको टुक्रा, आरुको मुन्टा मिसाएर ड्रममा राखिएको गहुंतमा उक्त मिश्रणलाई हाली १ महिनासम्म घाम लाग्ने पारिलो ठाउंमा राखेर जैबिक किटनासक बिषादी तयार गर्नुहुन्छ । तयारी जैबिक विषादीलाई माथि उल्लेखित झोलमोलकै तरिकाबाट कलिलो बिरुवा भए १ भाग जैबिक बिषादिमा १० भाग पानी र वयस्क बोटका लागि १ भाग जैबिक विषादिमा ५ भाग पानी मिसाएर स्प्रे गर्ने गरेको बताउनुहुन्छ ।
यस्तै पाण्डेले अर्को पद्धति `मोकुसाकुएकु´ पनि प्रयोग गर्नु भएको छ । यो पद्धतिमा दुई वा अढाई फुटको बांसलाई बराबर दुई फक्लेटा बनाउने र भित्रको आंख्ला खुर्केर गोबर माटो फुटेको ठाउंमा लगाएर बांसलाई पहिलाको जस्तै जोडी तार वा डोरिले बांधेर चुलामाथी धुवां लाग्ने ठाउंमा झुण्ड्याएर राखिन्छ । बांसको एकापटिको प्वाल टालिन्छ र अर्कापटि खुलै छाडिन्छ र भांडो झुण्ड्याईन्छ । उक्त बांसमा धुवांका कारण पानी जम्मा हुन्छ र थापेको भांडोमा खस्छ । त्यसलाई निकालेर जैबिक बिषादीको रुपमा प्रयोग गरिन्छ । यसरी रोमनाथ पाण्डेले स्थानिय जडिबुटीलाई सदुपयोग गरि अर्गानिक गोलभेंडा उत्पादन गरि स्थानिय मानिसहरुको स्वास्थ्यप्रति न्याय गर्नुभएको छ ।
उहाँ एउटा उत्कृष्ट कृषकका साथै अनुभवी भेट्नरियन पनि हुनुहुन्छ । हाल उहाँ सहायक पशुसेवा प्राविधिकको रुपमा गुल्मी जिल्लाको कालिगण्डकी गाउंपालिकाको वडा नं.३ जयखानी कार्यालयमा कार्यरत हुनुहुन्छ । ४३ बर्षिय पाण्डे अत्यन्तै मेहनती, सहयोगी, समाजसेवी हनुहुन्छ । यतिवेला उहांले फलफुलको पनि थुप्रै बिरुवाहरु लगाउनु भएको छ । कागती,सुन्तला, मौसमी, एभोगाडोको विरुवाहरु लगाउनु भएको छ । त्यतिमात्र होईन उहाँ ब्वाईलर कुखुरा ब्याबशायी पनि हुनुहुन्छ । एकछिन पनि समय खेर फाल्नुहुंदैन । कहिले तरकारी बारीमा त कहिले कुखुरा फर्ममा ब्यस्त रहनुहुन्छ । परिवारबाट त्यतिकै सहयोग पाउनु भएको छ उहांले ।
यसरी बहुआयामिक ब्यक्तित्वका धनी रोमनाथ पाण्डेबाट हामी सबैले सिक्नु जरुरी छ ।
What's Your Reaction?
Like
1
