तिम्रै लागि | Rojal Sigdel

बतास तिम्रो लागि यो सास तिम्रै लागि मेरा हरेक शब्द र प्रयास तिम्रै लागि

Jan 29, 2026 - 06:41
Feb 4, 2026 - 02:47
 0  4
तिम्रै लागि | Rojal Sigdel
ca-app-pub-4018952283015486/8681044877

बतास तिम्रो लागि यो सास तिम्रै लागि
मेरा हरेक शब्द र प्रयास तिम्रै लागि

पढ्छु मात्र भन तिमी महाकाब्य जन्मिनेछ
तिमी छ्यौ चैं कहाँ ? तलास तिम्रै लागि

एक्लै बसेको छैन माया एक्लै हुँदा पनि
तिमी सङ्गै छ्यौ भन्ने आभास तिम्रै लागि

ca-app-pub-4018952283015486/8681044877


त्यो मनबाटै जाँचिराछु म त मेरा सोचहरु
नथाकुँ म लिन्छु आफै स्याबास तिम्रै लागि

प्रश्न सोधि तिमीलाई जवाफ आफैले दिन्छु
ऐना हेरि मुस्कुराउँछु खास तिम्रै लागि

सपनी मा तिमी लाई देखेँ भनी निदाउँछु सधैँ
राखेर तस्विर सिरानिको पास तिम्रै लागि

एकोहोरो प्रेम हो, भुल्न सक्छ सोच्दिहौली
देखाइदिन सक्थेँ चिरी छाती कास तिम्रै लागि

ca-app-pub-4018952283015486/8681044877

What's Your Reaction?

Like Like 0
Lekhak saतपाईं लेखक हुनुहुन्छ? तपाईंको कविता, कथा, गीत वा विचारलाई संसारसंग साझा गर्नुहोस्! iLekhAk – verified लेखक बन्नुहोस्, सृजनात्मक समुदायसँग जोडिनुहोस् र आफ्नो आवाज सुनाउनुहोस्। आजै सामेल हुनुहोस्: https://www.ilekhak.com/register #iLekhAk #लेखक #कविता #कथा #गीत #सृजनात्मक त @everyone
ca-app-pub-4018952283015486/8681044877